• सोमबार ४-११-२०८३/Monday 07-27-2026

कालिकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

         कालीकोट /   १५ बर्ष निरन्तर कालिकोटबाट निर्वाचन जितेर प्रतिनिधित्व गरेका महेन्द्र बहादुर शाहीको कालिकोटका पत्रकार राजनितिकदल र पत्रकारहरूले  कालिकोटका संघिय सासद  महेन्द्र बहादुर शाहीको  खुलेर प्रशंंसा गरेका छन । 
  कालीकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  जिल्ला घोषणा  कार्यक्रममा पुगेका संघिय सांसद तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको खुलेर प्रश्सन गरेका छन । शाही कर्णालीको मुख्यमन्त्री हुदा कालिकोटको स्वास्थ्यसंरचना निर्माण र अस्पताल ब्यवस्थापन देखी आबश्यक पुर्वाधार निर्माणमा बजेट केन्द्रित गरेको भन्दै बर्तमान  सरकारले बजेटमा उपेक्षा गरेको बताएका छन  ।  सदरमुकाम मान्ममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधिसभा सांसद महेन्द्र बहादुर शाहीले   जिल्लालाइ पुर्ण खोप सुनिश्चित जिल्ला  घोषणा गर्दै  सांसद शाहीले  स्वास्थ्यमा , शिक्षा र भौतिक पुर्वाधारमा आफु मुख्यमन्त्री हुदा कुनै कसुर बाकि नराखेर  बजेट ब्यवस्थापन गरेको बताउ नु भयो । समाजका सबै आबश्यक्ता अर्थतन्त्रले नभई स्वास्थ्य तन्दुरूस्तिले हुने भएकाले मानिसको पहिलो रोजाइ स्वास्थ्य हुने बताउनु भयो ।  खोपको आगामी दिनमा थप निरन्तरताको लागि आग्रह गर्दै स्वास्थ्य सूचक सुधारमा स्वास्थ्यकर्मीहरूको भूमिका बढेको र स्वयंसेविकाहरूको सक्रियता महत्त्वपूर्ण रहेकोले धन्यवाद  दिएका छन । उहाले  बदलिएको व्यवस्था पश्चात् स्वास्थ्य जनशक्ति बढे पनि स्वास्थ्य सूचकहरूमा सुधार आउन नसकेको सरोकारवालाले  टिप्पणी गरेका छन ।
जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहीले स्वास्थ्यकर्मीहरूको सक्रियता र जिम्मेवारीपन आवश्यक रहेको बताए। जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा: भीष्म प्रसाद पोखरेलले भौगोलिक विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको बतााउनु भयो  ।
कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा   कार्यक्रमा महावै गाउपालिका अध्यक्ष खेमबहादुर सिह , खाडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाही ,रास्कोट नगरका प्रमुख धर्मराज शाही र प्रमुख  जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई  माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा खड्का बोगटी , पचालझरना गाउपालिका स्वास्थ्य साखा प्रमुख बिरेन्द्र सन्ज्याल  पत्रकार महासंघका अध्यक्ष भरतराज बिष्ट लगाएतले  आज आयोजित एक कार्याक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको  भन्दै त्यस क्षेत्रका सरोकारवालालाई धन्यवाद दिएका छन ।
कार्यक्रममा कालिकोट पत्रकार महासंघका अध्यक्ष भरतराज बिष्टले महेन्द्र बहादुर शाहीले    कर्णालि प्रदेश सरकारको मुख्यमन्त्री हुदा  सञ्चार माध्यमको क्षेत्र होस पत्रकारको बिमा देखी , आमसञ्चार क्षेत्रमा लोकल्याणकारी बिज्ञापन दिएको स्मरण गर्दै उहाले मुख्यमन्त्री मेह्न्द्र बहादुर शाही हुदा दिएका  नागरिकका सेवा कटौति  गर्न नहुने बताउनु भयो 
जिल्लाका नौवटा पालिकाका ८२ वटै वडामा सबै बालबालिकाले  सबै खोप पाएका कारण पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको  जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथ   जिल्ला अस्पतालका प्रमुख डा. भिष्म प्रसाद पोख्रेलले बताउनु भयो । 
 यस अघि सबै पालिका पुर्ण खोप सुनिश्चिता तथा  दिगोपना  पालिका घोषणा पछी  जिल्लालाइ पुर्ण  खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ   ।  कार्यक्रममा सहभागी बक्ताहरूले यो  गौरवको विषय भएको बताएका छन   ।
प्रत्येक वर्ष खोप पाउने उमेर समूहका बालबालिकाले नियमित खोप पाइरहेको सुनिश्चिततासँगै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको  जिल्ला  अस्पतालका खोप फोकल प्रशन  महतले बताउनु भयो  । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको उहाको  भनाइ थियो ।
बालबालिकालाई कोभिड   विभिन्न रोगको सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने खोप पूर्ण मात्रामा लगाइसकिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष धनजीतबहादुर शाहीले बताए ।

प्रतिकृया दिनुहोस

दुर्घटनास्थल पुगे रास्कोटका नगर प्रमुख, पहिचान खुलेका पाँचमध्ये चार जना अझै बेपत्ता

कालीकोट। सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेख जिल्लाको पाल्तडा–साङ्गेतडा

फोर्स गाडी दुर्घटना स्थलमा भिरमा फेला परेका ब्यक्तिको पहिचाहन खुल्यो , कर्णालीमा खसेको गाडीको अवस्था अझै अज्ञात

दैलेख, असार १८ — सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना स्थलमा भिरमा अड्किएका भनिएका 

पलाता गाउँपालिकाको प्रशासनिक केन्द्रको रिट सर्बोच्च अदालतद्वारा खारेज, अव स्थायी केन्द्र रानिबिसौना

     पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) नेतृत्वको कार्यपालिकाले