• सोमबार ४-११-२०८३/Monday 07-27-2026

माओवादी केन्द्र कर्णाली प्रदेशले जलेको प्रदेश पार्टी कर्यालय आफै पुननिर्माण गर्दै , 'म बनाउँछु मेरो पार्टी कार्यालय' अभियान सुरू,

नेकपा (माओवादी केन्द्र)  कर्णाली प्रदेशले जेन्जी आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालय बनाउने अभियान सुरू गरेको छ । 

वीरेन्द्रनगर सुर्खेतमा रहेको पार्टी कार्यालय जेनजि आन्दोलनका क्रममा जलईएको थियो । कर्णाली प्रदेश कमिटी अध्यक्ष दशै लगतै प्रदेश ईन्चार्ज कालि ब मल्लसंगकोसमन्वयमा प्रदेश राजधानिमा उपलब्ध नेताहरूसंग छलफल गरेर सो अभियान सुरू गरेकी हुन । नेताहरूको  बैठकले उक्त अभियान चलाएको छ । 

जिल्ला समन्वय समिति सुर्खेतले जेन्जी आन्दोलनको क्रममा जलेको पार्टी कार्यालय संचालनको लागि 'म बनाउछु मेरो पार्टीकार्यालय' भन्ने अभियानको सुरुवात गरेको नेकपा (माओवादी केन्द्र)  कि कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बताउनुभयो। अध्यक्ष केसीका अनुसार सबै शुभचिन्तक, समर्थक तथा पार्टी कार्यकर्तालाई यो अभियानमा सहभागी जनाउन अपिल समेतगर्नु भएको छ । घोषणा गरिएको उक्त अभियानमा  सहयोग गर्ने ब्यक्तिहरूको नाम समेत घोषणा गरिएको छ । जसमा डिलबहादुर बंशी मगर - रु ८,२५०/, योगेन्द्र बहादुर शाही - रु ५,०००, टोप बहादुर बस्नेत - रु ५०००, दुर्गा ढकाल - रु २,०००सहयोग जम्मा गरिसकेको कार्यालयले बताएको छ ।यो अभियानमा सहभागी जनाउन प्रदेश पार्टी कार्यालयसंग सम्पर्क गर्न  अनुरोध गरिएको छ ।

 

"म बनाउँछु मेरो पार्टी कार्यालय" यो बिशेष अभियानमा जोडिएर सहयोग गर्न सम्पुर्ण शुभचिन्तकहरूमा हार्दिक अनुरोधगर्दछौं  अपिलमा माओवादी केन्द्रले भनेको छ । 

सहयोगका लागि पार्टी प्रदेश समितिको खाता नं  समेत सार्वजनिक गरेको छ ।बैंकको नाम : राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेत।खाताको नाम : NEPAL COMMUNIST PARTY MAOIST CENTRE, खाता नं ४०८०१०००३४२९२००१ रहेको छ ।

प्रतिकृया दिनुहोस

कर्णाली करिडोर अवरुद्ध, सयौँ यात्रु र सवारी साधन अलपत्र

कालिकोट, असार २४ — हिल्सा–जमुना कर्णाली करिडोर अन्तर्गत कालिकोट खण्डको पलाता र पचालझरना गाउँपालिकाको सीमा क्षेत्र घाटाचौरमा गएराति पहिरो खस्दा

दुःखबाट खुसीतर्फ लैजान नेपालि जनतालाई साथ दिँदै भारत विकास सहकार्यलाई निरन्तरता दिन्छ : राजदुत श्रीवास्तव

कालिकोट — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ले भारत सरकारले नेपालभर सञ्चालन गरिरहेका ६८० वटा परियोजनामार्फत हालसम्म करिब १६ सय करोड

फागुन २१ को निर्वाचन स्थगन गर्न माग गर्दै धर्बेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बहुमतले पाँच गते देशभर नेपाल बन्दको आवाहान

फागुन २१ गते हुने भनिएको निर्वाचन स्थगन गर्न माग गर्दै बर्बेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबहुमतले भोलि पाँच गते