• सोमबार ६-५-२०८३/Monday 09-21-2026

भारतीय राजदूत नवीन श्रीवास्तव २८ गते बिहिवार सान्नीत्रिवेणी तिकुवामा आउने कार्यक्रम स्थगित

कालिकोट, असार २७ — नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तव बिहीबार कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आउने कार्यक्रम स्थगित भएको छ। राजदूत श्रीवास्तवसहित छ सदस्यीय टोली हेलिकप्टरमार्फत सान्नीत्रिवेणी गाउँपालिका–४ तिकुवास्थित श्री जनज्योति माध्यमिक विद्यालयमा सवार हुने बताईएको  कार्यक्रम थियो ।

 

राजदूत श्रीवास्तवले विद्यालयमा निर्माण हुन लागेको नमूना विद्यालय पूर्वाधार परियोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भए पनि मौसम खराबीको कारण देखाउदै कार्यक्रम स्थगन भएको गाउँपालिकाले जनाएको छ। भारतीय राजदूतावासको करिब १६ करोड २४ लाख रुपैयाँ अनुदान तथा स्थानीय सरकारको साझेदारी गरी  कुल १९ करोड ७९ लाख ६९ हजार ९ सय ६८ रुपैयाँ लागतको परियोजना कार्यान्वयनमा रहेको छ।

 

परियोजनाअन्तर्गत १२ कोठे शैक्षिक भवन, तीन कोठे विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न शौचालय, सुरक्षा गार्ड  गृह, घेराबार, खानेपानी, फर्निचरलगायतका पूर्वाधार निर्माण गर्ने गरि बजेट बिनियोजन भएको छ । निर्माण कार्यका लागि गाउँपालिकामार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ। खाँडाचक्र नगरपालिका निवासी गणेश आचार्यको स्वामित्व रहेको अभियान कन्स्ट्रक्सन प्रालिले करिब १३ करोड ७६ लाख रुपैयाँमा ठेक्का प्राप्त गरी काम सुरु गरिसकेको छ। परियोजना आगामी २०८४ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

गाउँपालिका अध्यक्ष मोहन केसीको अध्यक्षतामा हुने शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल लगायत स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीको सहभागिता रहने कार्यक्रम थियो । राजदूत श्रीवास्तव बिहान ९ बजेदेखि १० बजेसम्म सान्नीत्रिवेणीमा रहने कार्यक्रम रहेकोमा अव श्रिवास्तवले भर्चुअल माध्यमवाटै  कार्यक्रममा शहभागि हुने कार्यक्रम तय गरिएको  छ।

 

विद्यालयका प्रधानाध्यापक दिलबहादुर बोहोराले भारतीय राजदूतावासको सहयोगबाट विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीयवासीले राजदूतको स्वागत भव्य रूपमा गर्ने तयारी गरिएको जानकारी दिए।

 

विद्यालयले हाल विद्यार्थी सङ्ख्या बढ्दै गएकाले थप पूर्वाधार तथा विद्यालय बसको आवश्यकता रहेको भन्दै दूतावाससमक्ष थप सहयोगको प्रस्ताव समेत पेश गरेको छ। विद्यालय परिवारले पूर्वाधार निर्माणमा सहयोग पुर्‍याएकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्दै सम्मान गर्ने कार्यक्रम पनि राखिएको थियो  ।

 

यस परियोजनाको पहलमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेको भन्दै सान्नीत्रिवेणी गाउँपालिका–४ का निवर्तमान वडा अध्यक्ष अनिपाल धामी (हिमाल) लाई स्थानीय सरोकारवाला पक्षले धन्यवाद दिएका छन्।

 

भारत सरकारले सन् २००३ देखि नेपालको विकास साझेदारका रूपमा शिक्षा, स्वास्थ्य, कृषि तथा सडक पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। सोही सहयोग अन्तर्गत जनज्योति माध्यमिक विद्यालयको नमूना विद्यालय पूर्वाधार निर्माण परियोजना सञ्चालनमा आएको हो।

प्रतिकृया दिनुहोस

रास्कोटका जनप्रतिनिधिले सेवा–सुविधा कटौती गरी बाढीपीडितलाई ३ लाख ५१ हजार सहयोग गर्ने

   कालिकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रास्कोट नगरपालिकाका जनप्रतिनिधिले आफ्नो

कर्णाली प्रदेशमा नेकपाका तीन मन्त्री नियुक्त, मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्दै नेकपाबाट तीन जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त

कर्णालीमा रोकिएको शपथग्रहण : विमलाविरुद्ध मोर्चाबन्दी, नेकपाभित्र सत्ताको झिनाझम्टी; मन्त्री बन्ने रहर या पार्टी एकता र कार्यविभाजनको प्रभाव?

खबर कर्णाली     भाग्यले आएको मुख्यमन्त्री पदमा अभागीको हातै अब्जस भनेझैँ एमाले–कांग्रेस दुई ठूला दलको समीकरणबाट आस मारिसकेको नेकपाको हातमा