रासायनिक विषादी न्यूनीकरणमा जोड, कालीकोटमा सरोकारवालासँग समन्वयात्मक बैठक
कालीकोट, असार २१। स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा “पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरणअभियान सञ्चालन सम्बन्धी समन्वयात्मक बैठक तथा अभिमुखीकरण खाँडाचक्र नगरपालिकाको सभाहलका सम्पन्न भएकोछ।
कार्यक्रममा रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा पार्ने गम्भीर असर, सुरक्षित खाद्य प्रणाली, पोषणप्रवर्द्धन तथा विषादी न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो।
अभिमुखीकरणका क्रममा अस्पतालकी नर्सिङ निरिक्षक मिरा शाही, अस्पतालका खोप तथा पोषण फोकल पर्सन कटक महततथा स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले विषादीको प्रयोगका कारण क्यान्सर, कलेजो तथा मिर्गौलामा क्षति, ट्युमर, प्रजननसम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, छालामा एलर्जी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेजस्तास्वास्थ्य समस्या बढ्ने बताए । उनीहरूले विषादी शरीरमा छाला, मुख, श्वासप्रश्वास र आँखामार्फत प्रवेश गर्न सक्ने भएकालेयसको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरे।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख धनजितबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल , जिल्ला प्रहरी प्रमुखहेमबहादुर खत्री लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाकोसहभागिता रहेको थियो।
सहभागीहरूले रासायनिक विषादीको प्रयोग न्यून गर्दै सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्य उत्पादन तथा उपभोगलाई प्रवर्द्धनगर्न सबै तहबाट सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै जैविक विविधताको संरक्षण, स्वस्थ जीवनशैलीकोविकास र जनचेतना अभिवृद्धिका लागि यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले विषादी न्यूनीकरण र पोषण प्रवर्द्धनलाई प्रभावकारी बनाउन स्थानीय तह, कृषि तथास्वास्थ्य क्षेत्रसँग समन्वय गरी समुदायस्तरसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको भन्दै बिसादीको प्रयोगको अवस्थाबारे खाडाचक्र नगरका कृषि साखा प्रमुख धुर्व बरालले जानकारी गराएका थिए ।
पसु अस्पतालका प्रमुख धन बहादुर महत । ईको हिमालका कार्यक्रम संयोजक बाल कृष्ण श्रेष्ठले पनि पोषण सुधारका बिषयमा जानकारि गराएका छन ।
रास्कोटका जनप्रतिनिधिले सेवा–सुविधा कटौती गरी बाढीपीडितलाई ३ लाख ५१ हजार सहयोग गर्ने
कालिकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रास्कोट नगरपालिकाका जनप्रतिनिधिले आफ्नो
कर्णाली प्रदेशमा नेकपाका तीन मन्त्री नियुक्त, मन्त्रिपरिषद् विस्तार
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्दै नेकपाबाट तीन जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त
कर्णालीमा रोकिएको शपथग्रहण : विमलाविरुद्ध मोर्चाबन्दी, नेकपाभित्र सत्ताको झिनाझम्टी; मन्त्री बन्ने रहर या पार्टी एकता र कार्यविभाजनको प्रभाव?
खबर कर्णाली भाग्यले आएको मुख्यमन्त्री पदमा अभागीको हातै अब्जस भनेझैँ एमाले–कांग्रेस दुई ठूला दलको समीकरणबाट आस मारिसकेको नेकपाको हातमा

प्रतिकृया दिनुहोस