• सोमबार ६-५-२०८३/Monday 09-21-2026

को हुन् जुमकित लामा कार्की

रत्न कार्की/ सुर्खेत जनयुद्धले जनजातिलाई राजनीतिक पहुँचमा ल्याएको भन्दै निरन्तर संघर्समा रहेकी हुम्लाकि छोरी कर्णाली प्रदेश सांसद जुमकित लामालाइ बिहिवार नेकपाले कर्णालि प्रदेश सरकारको कृषि तथा शहकारी मन्त्रि बनाए पछी उनले आफ्नो  श्रीमान् चन्द्रसिंह कार्कीको मृत्युवाट बिक्षिप्त आफ्नो जिवनमा हर्ष छाएको प्रतिक्रिया दिएकी छन ।  २०७९ को निर्वाचनमा संगै निर्वाचन  अभियानमा होमिएर हुम्ला सर्केगाडको उपाध्यक्ष बिजयी भएका उनका श्रीमानको कारणयकाल पुरा हुन नपाउदै बिछोडिनु परे पछिको पिडाले आक्रान्त बनेको घाउमा पार्टीले मलमपट्टि लगाई दिएको भन्दै पदभारग्रहण गरेकी छन । माओवादी कर्णाली प्रदेश सचिवालय सदस्य र सर्केगाड गाउँपालिकाका उपाध्यक्ष  उनका श्रिमान कार्कीको २०८१ साल भदौ ४ गते दुर्घटनामा  असामयिक निधन भयो। त्यस पछि एक छोराको साथमा प्रदेश सांसद रहेकी जुमकितले  यो व्यक्तिगत पीडाबीच पनि लामाले राजनीतिक यात्रालाई निरन्तरता दिइरहेकी छन यो उनको प्रतिबद्धता र साहसको प्रमाण हो। श्रीमान गुमाएर एकल बनेकि जुमकितको अनुहार खुसि देखिन्थ्यो । 

 

 उनको वैवाहिक जीवन पनि सामाजिक परिवर्तनको उदाहरण हो। २०६१ साल भदौ १० गते हुम्ला सर्केगाड–२ का चन्द्रसिंह कार्की (मुक्ति) सँग अन्तरजातीय विवाहमा बाँधिएकी जुम्कित लामा कार्की अन्तरजातीय विवाहका कारण सामाजिक अवरोध र कठिनाइ भोग्नुपरेको अनुभव उनी खुलेर सुनाउँछिन्। तर उनी भन्छिन । जनयुद्धले जनजातिलाई राजनीतिक पहुँच दियो र जातीय खाडल तोड्न पनि  मद्दत गरेको छ ।

 

    कर्णाली प्रदेशको दुर्गम भूगोल हुम्लाबाट राजनितिकमा  उदाएकी एक सशक्त महिला नेतृ  जुमकित लामाले आफुहरू जस्ता जनजाति, महिला र पिछडिएका बर्ग क्षेत्रलाइ राजनितिक आन्दोलनमा ल्याउने माओवादी आनदोलनको देन भएको बताइन ।  जुमकित लामा आज उनी कर्णाली प्रदेशसभा सदस्यका रूपमा स्थापित छन् । तर यो पदसम्म आइपुग्दा उनको जीवन यात्रा संघर्ष, त्याग र परिवर्तनको कथाले भरिएको छ।

 

जुमकित लामा (कार्की) हुम्ला जिल्लाको हालको सिमिकोट गाउँपालिका–३ (तत्कालीन बर्रगाउँ गाबिस तोर्पागाउँ) मा २०४० साल जेठ २५ गते जन्मिएकी हुन्। बुवा प्रेमबहादुर लामा र आमा पुनोर लामाको कोखबाट तेस्रो सन्तानका रूपमा जन्मिएकी उनी दुई बहिनी र एक दाजुसहितको परिवारमा हुर्किइन्। परम्परागत रूपमा घोडा, भेडा, चौँरी र गाईपालनमा आश्रित लामा समुदायको जीवनशैलीमै उनको बाल्यकाल बित्यो। उपल्लो हुम्लामा बसोबास गर्ने लामा जाति पशुपालन र व्यवसायिक श्रममा अब्बल मानिन्छ।

 

उनले गाउँकै रिलिङ माविबाट आधारभूत शिक्षा हासिल गरिन्।  कक्षा ९ मा अध्यनरत रहदै पार्टी नियिमत राजनितिमा होमिएकी जुमकित  जुम्मकित मानसरोवर माध्यमिक विद्यालयबाट कक्षा १२  पूरा गरिन्। दुर्गम क्षेत्र, सीमित स्रोत र सामाजिक बाधाबीच पनि शिक्षा निरन्तरता दिनु उनको दृढताकाे परिचायक हो।

 

राजनीतिक यात्रामा उनी रलिङ स्कुलवाट २०५६ सालमै वैधानिकरूपमा तत्कालिन माओवादी निकट अखिल क्रान्तिकारीको ईकाइ सदस्य हुदै   विद्यार्थी आन्दोलनमार्फत जोडिइन्। २०५८ साल श्रावणमा भूमिगत रूपमा क्रियाशील भई  युद्वमा होमिएकी जुमकित जनजाति महिलाको शसक्त आवाज बनेकी  छन। त्यसपछि अखिल नेपाल महिला संघ (अनेमसंघ) को जिल्ला सदस्य हुँदै २०५९ सालमा पार्टी एरिया कमिटी सदस्य बने पछि  माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको हुम्ला जिल्ला अध्यक्ष  भएर हुम्लाका महिलाको अधिकार, पहिचान र सहभागिताका लागि उनी निरन्तर सक्रियरूपमा  रहेकी छन । राजनितक जिम्मेवारीलाइ ईमान्दारपुर्वक पुरा गर्ने लामा अहिले कर्णाालि प्रदेश सभा सदस्य हुम्ला जिल्ला बाट प्रतिनिधित्व  गर्ने संसद हुन । 

माओवादि आन्दोलनलाई हुम्लामा बिस्तार गर्न महत्वपुर्ण भुमिका खेलेको हुम्लाको लामा जातिभित्रको पहिलो भुमिगत र क्रियाशिल महिला नेतृ हुन । महिलालाई नियमित राजनितिमा टिकाउन निकै कठिन हुने हाम्रो समाजमा नियमित राजनितिमा रहेकी लामा माओवादी आन्दोलनलाई जनजाति अधिकारको सार्थक बाटो ठान्दछन । छिमेकी देश चाईनासंग जोडिएको जिल्ला क्षेत्र भएकाले सामान्य किसान परिवार जन्मेर पनि राजनितिमा होमिएर राजनितिलाई निरन्तरता दिनु उनको लागी सामान्य जस्तै बनेको  छ । लामा जातिमा  स्थापित  फरक रितिरिवाज र संस्कृति पारिवारिक  संस्कार र सास्कृतिक पहिचाहानलाई तोड्दै अन्तरजातिय बिवाहा गरेकी जुम्कित उनि पुरानो सस्कारबिरूद्व लड्दै नया सास्कृतिक मान्यता कायम गर्ने पहिलो हुम्ली  महिला हुन । 

 

२०६०  सालमा जिल्ला कमिटी हुँदै मुगु जिल्लालाई कार्यक्षेत्र बनाएर संगठन विस्तारमा खटिइन्। उनी  लाम मुक्ति मोर्चाको केन्द्रीय सदस र अखिल नेपाल महिला संघको क्रान्तिकारी जिल्ला कमिटीमा काम गरि काम गरि सकेकी छन्। हाल माओवादी कर्णाली प्रदेश सचिवालय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गर्दै प्रदेश सांसदको भूमिकामा रहेका अखिल नेपाल महिलासंघ क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्य रहेका  छन्। 

२०६९ सालमा एकिकृत माओवादी केन्द्रका केन्द्रिय महाधिवेसन आयोजक समिति र  महिला संगठनको केन्द्रिय सचिवालय सदस्य  बनेकी जम्म्कितलाई जनयुद्वको आधिवेहरीसंगै बिभिन्न लडाईका स्मरण छन । तर उनको जिवनमा पारिवारिक बिछोडले समेत राजनितिकबिचलनता नदेखाई सक्रिय राजनितिमा छन । । हुम्ला जिल्ला महिला संघको अध्यक्ष समेत बनेकी जुमकित लामा नेपालका जातजाति र भाषाभासीको अधिकार माओवादी जनयुद्वले नै ल्याएको उनको बुझाई छ । बिभिन्न पार्टी बिघटनका बेला समेत प्रचण्ड नेतृत्वकोमुलधारम अडिग रहेकी जुम्कित लामा हुम्लाको जनजाति महिलाको तर्फवाट पहिलो मन्त्री हुनसफल नेतृ हुन ।

२०७२  सालमा अखिल नेपाल महिलासंघको हुम्ला जिल्ला अध्यक्ष र पार्टी केन्द्रिय आयोजक समिति बनेकी जुम्कित  कर्णालि प्रदेशको एक शसक्त अनुसासित र जुजारू महिला नेतृका रूपमा पार्टी अध्यक्ष प्रचण्डले चिन्ने गर्छन । 

 

 पार्टी एकीकरण: २०७५ साल जेठ ३ गते (१७ मे २०१८) एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो।विभाजन (एकीकरण बदर): २०७७ साल फागुन २३ गते (७ मार्च २०२१) Supreme Court of Nepal ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई पुनः पुरानै अवस्थामा फर्काइदिएको थियो। 

 

 

आज जुमकित लामा केवल एक प्रदेश सांसद मात्र होइनन्; उनी कर्णालीका जनजाति, महिला र सीमान्तकृत समुदायका आवाज हुन्। दुर्गम हुम्लाबाट प्रदेशसभासम्मको उनको यात्रा नेपाली राजनीतिमा समावेशिता, समानता र संघर्षको जीवित दस्तावेज 

अनेमसंघ करान्तिकारीका केन्द्रिय सचिवालय सदस्य र पार्टी कर्णालि प्रदेशको सचिवालय सदस्य रहेका छन । 

जुनसुकै संकटमा पनि पार्टी संस्थापन लाइनमै बस्ने पार्टी बिभाजनका बेला अवसर नभए पनि राजनितिक निरन्तर लागी परेको बताइन । 

कर्णालि परदेश सभा सामाजिक बिकाससमितिको सदस्य रहेका छन । 

प्रतिकृया दिनुहोस

प्राकृतिक सम्पदा संरक्षणबिना कर्णालीको पर्यटन विकास सम्भव छैन : मन्त्री खड्का

  कालिकोट  , कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्का कर्णालीका जिल्लाहरूमा रहेका

बजेट कार्यान्वयनमा कालीकोट सामाजिक विकास कार्यालय पहिलो, विद्यालय भवन निर्माण प्रक्रिया अघि बढ्यो

कालीकोट । चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई तीव्रता दिँदै सामाजिक विकास कार्यालय कालीकोट जिल्लाका सरकारी कार्यालयमध्ये बजेट कार्यान्वयनमा

देउवा पक्षिय नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा काठमाडौंमा, असोज १५ मा वडा अधिवेशन, देशभर केन्द्रिय प्रतिनिधि तोकियो , कालिकोटमा दमन बहादुर शाही

सुर्खेत  । नेपाली कांग्रेसको आधिकारिक्ता बिवाद नसकिदै दुबै पक्षले महाधिवेनका गतिबिधि सुरू गर्ने भएका छन ।  देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन