• सोमबार ६-५-२०८३/Monday 09-21-2026

रसुवा बाढीपीडितका लागि नेकपा कर्णाली प्रदेश संसदीय दलले ३ लाख ३१ हजार सहयोग गर्ने

 

सुर्खेत / रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले ३ लाख ३१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार बसेको संसदीय दलको बैठकले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

नेकपा कर्णाली प्रदेश संसदीय दलका सांसद रणसिंह परियारले बैठकले रसुवा बाढीपीडितका लागि ३ लाख ३१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार विपद्को समयमा पीडित नागरिकको राहत र पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।

 

प्रतिकृया दिनुहोस

प्राकृतिक सम्पदा संरक्षणबिना कर्णालीको पर्यटन विकास सम्भव छैन : मन्त्री खड्का

  कालिकोट  , कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्का कर्णालीका जिल्लाहरूमा रहेका

देउवा पक्षिय नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा काठमाडौंमा, असोज १५ मा वडा अधिवेशन, देशभर केन्द्रिय प्रतिनिधि तोकियो , कालिकोटमा दमन बहादुर शाही

सुर्खेत  । नेपाली कांग्रेसको आधिकारिक्ता बिवाद नसकिदै दुबै पक्षले महाधिवेनका गतिबिधि सुरू गर्ने भएका छन ।  देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन

कर्णाली प्रदेश मन्त्रिपरिषद्का पाँच निर्णय, मन्त्री कल्याणी खड्का बनिन् प्रवक्ता

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले महत्वपुर्ण पाच निर्णय गरेको छ । प्रदेश पसरकारको लगानिमा बन्न लागेको दैलेखको राकम , प्रहरी भवन