नरहरिनाथमा काठेपुलबाट खस्दा एक जना बेपत्ता, सात वर्षीय छोरा जीवितै भेटिए
कालिकोट — नरहरिनाथ गाउँपालिका–४ र ५ को सिमानास्थित जात्ताडा खोलाको काठेपुलबाट खस्दा नरहरिनाथ गाउँपालिका–४ का अन्दाजी २९ वर्षीय प्रेमबहादुर साउद बेपत्ता हुनुभएको छ। नरहरिनाथ गाउँपालिका वडा नं ४ मयाकोईरेलीनिवासी प्रेम वहादुर साउद काठको पुल बाट खस्दा वेपत्ता भएका हुन ।
आइतबार साँझ करिब ६ बजे काठेपुलबाट खस्दा साउद बेपत्ता हुनुभएको हो। उहाँसँगै रहेका कक्षा ३ मा अध्ययनरत सात वर्षीय छोरा अर्जुन साउद भने जीवितै भेटिएको नरहरिनाथ गाउँपालिका–४ का वडाध्यक्ष नन्दाराम सहकारी र गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहाले जानकारी दिनुभएको पत्रकार कमल कोपिलाले बताएका छन ।
कालिकोटका धेरै खोलाहरूमा झोलङगेपुल नहुदा यसरी काठको काठेपुलमा ज्यान जोखिममा राखेर खोला वारपार गर्नु परिरहेको छ ।
बेपत्ता प्रेमबहादुर साउदको खोजी तथा उद्धारका लागि स्थानीय, प्रहरी तथा सम्बन्धित निकायबाट खोजी कार्य जारी रहेको जनाइएको छ। उहाँको अवस्था र सम्भावित स्थानबारे कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय वा परिवारलाई खबर गर्न अनुरोध गरिएको छ।
केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण जात्ताडा खोलालगायत स्थानीय खोलानालामा पानीको बहाव बढेको छ। साथै, विभिन्न स्थानमा पहिरोसमेत खसिरहेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेको अवस्थामा अनावश्यक रूपमा यात्रा नगर्न र जोखिमयुक्त काठेपुल तथा खोलाको आसपासमा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कालिकोटले अनुरोध गरेको छ।
प्राकृतिक सम्पदा संरक्षणबिना कर्णालीको पर्यटन विकास सम्भव छैन : मन्त्री खड्का
कालिकोट , कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्का कर्णालीका जिल्लाहरूमा रहेका
बजेट कार्यान्वयनमा कालीकोट सामाजिक विकास कार्यालय पहिलो, विद्यालय भवन निर्माण प्रक्रिया अघि बढ्यो
कालीकोट । चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई तीव्रता दिँदै सामाजिक विकास कार्यालय कालीकोट जिल्लाका सरकारी कार्यालयमध्ये बजेट कार्यान्वयनमा
देउवा पक्षिय नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा काठमाडौंमा, असोज १५ मा वडा अधिवेशन, देशभर केन्द्रिय प्रतिनिधि तोकियो , कालिकोटमा दमन बहादुर शाही
सुर्खेत । नेपाली कांग्रेसको आधिकारिक्ता बिवाद नसकिदै दुबै पक्षले महाधिवेनका गतिबिधि सुरू गर्ने भएका छन । देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन

प्रतिकृया दिनुहोस