• शुक्रबार ७-२१-२०८३/Friday 11-06-2026

नरहरिनाथमा काठेपुलबाट खस्दा एक जना बेपत्ता, सात वर्षीय छोरा जीवितै भेटिए

कालिकोट — नरहरिनाथ गाउँपालिका–४ र ५ को सिमानास्थित जात्ताडा खोलाको काठेपुलबाट खस्दा नरहरिनाथ गाउँपालिका–४ का अन्दाजी २९ वर्षीय प्रेमबहादुर साउद बेपत्ता हुनुभएको छ।  नरहरिनाथ गाउँपालिका वडा नं ४ मयाकोईरेलीनिवासी प्रेम वहादुर साउद काठको पुल बाट खस्दा वेपत्ता भएका  हुन । 

 

आइतबार साँझ करिब ६ बजे काठेपुलबाट खस्दा साउद बेपत्ता हुनुभएको हो। उहाँसँगै रहेका कक्षा ३ मा अध्ययनरत सात वर्षीय छोरा अर्जुन साउद भने जीवितै भेटिएको नरहरिनाथ गाउँपालिका–४ का वडाध्यक्ष नन्दाराम सहकारी र गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहाले जानकारी दिनुभएको  पत्रकार कमल कोपिलाले  बताएका छन ।

कालिकोटका धेरै खोलाहरूमा झोलङगेपुल नहुदा यसरी काठको काठेपुलमा ज्यान जोखिममा राखेर खोला वारपार गर्नु परिरहेको छ ।

 

बेपत्ता प्रेमबहादुर साउदको खोजी तथा उद्धारका लागि स्थानीय, प्रहरी तथा सम्बन्धित निकायबाट खोजी कार्य जारी रहेको जनाइएको छ। उहाँको अवस्था र सम्भावित स्थानबारे कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय वा परिवारलाई खबर गर्न अनुरोध गरिएको छ।

 

केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण जात्ताडा खोलालगायत स्थानीय खोलानालामा पानीको बहाव बढेको छ। साथै, विभिन्न स्थानमा पहिरोसमेत खसिरहेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेको अवस्थामा अनावश्यक रूपमा यात्रा नगर्न र जोखिमयुक्त काठेपुल तथा खोलाको आसपासमा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कालिकोटले  अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

तिन महिना अघिको रास्वपाको सदस्यता सार्वजनिक भएपछि रास्कोट–४ का वडा अध्यक्ष संज्यालले दिए राजीनामा

कालिकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको विषय सार्वजनिक भएपछि कालिकोटको रास्कोट नगरपालिका–४ का वडा अध्यक्ष दिनेश संज्यालले

कर्णालीमा कृषि बीमासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

सुर्खेत। कर्णाली प्रदेशमा कृषि तथा पशुपालन क्षेत्रको जोखिम न्यूनीकरण, कृषकको लगानी सुरक्षा र कृषि बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा रास्कोट प्रथम, पचालझरना दोस्रो र सान्नीत्रिवेणी तेस्रो

कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालीत कार्यक्रम  र पालिकामा सन्चालित स्वास्थ्य

↑