• मंगलबार ६-६-२०८३/Tuesday 09-22-2026

कर्णाली प्रदेश मन्त्रिपरिषद्का पाँच निर्णय, मन्त्री कल्याणी खड्का बनिन् प्रवक्ता

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले महत्वपुर्ण पाच निर्णय गरेको छ । प्रदेश पसरकारको लगानिमा बन्न लागेको दैलेखको राकम , प्रहरी भवन निर्माण , प्रदेशसभा सदस्यको सुविधा तथा दलित समुदायको सशक्तीकरणसँग सम्बन्धित बिधेयक सहित  पाँच महत्वपूर्ण निर्णय गरेको छ।

 

मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै, दैलेखको राकममा बन्ने  इलाका प्रहरी कार्यालय राकमको अधुरो भवन निर्माण सम्पन्न गर्न १ करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी दिने  निर्णय गरिएको छ।

 

बैठकले प्रदेशसभा सदस्यहरूलाई नियमानुसार स्वकीय सचिवको सुविधा उपलब्ध गराउन प्रदेशसभालाई लेखी पठाउने निर्णयसमेत गरेको छ।

 

त्यसैगरी, ‘दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन ऐन २०८१को पहिलो संशोधन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ। संशोधन विधेयकमार्फत दलित समुदायको सशक्तीकरण तथा जीवनस्तर सुधारका लागि कानुनी व्यवस्थामा थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

 

मन्त्रिपरिषद्ले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई मन्त्रिपरिषद्को प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ।

प्रतिकृया दिनुहोस

प्राकृतिक सम्पदा संरक्षणबिना कर्णालीको पर्यटन विकास सम्भव छैन : मन्त्री खड्का

  कालिकोट  , कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्का कर्णालीका जिल्लाहरूमा रहेका

देउवा पक्षिय नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा काठमाडौंमा, असोज १५ मा वडा अधिवेशन, देशभर केन्द्रिय प्रतिनिधि तोकियो , कालिकोटमा दमन बहादुर शाही

सुर्खेत  । नेपाली कांग्रेसको आधिकारिक्ता बिवाद नसकिदै दुबै पक्षले महाधिवेनका गतिबिधि सुरू गर्ने भएका छन ।  देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन

सुर्खेतको प्रतिष्ठित निजी विद्यालय इगरब्रिजद्वारा बाढीपीडितका लागि ९ लाख १५५ रुपैयाँ सहयोग

सुर्खेतको प्रतिष्ठित निजी विद्यालय इगरब्रिज आवासीय माध्यमिक विद्यालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा