कर्णाली प्रदेश मन्त्रिपरिषद्का पाँच निर्णय, मन्त्री कल्याणी खड्का बनिन् प्रवक्ता
सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले महत्वपुर्ण पाच निर्णय गरेको छ । प्रदेश पसरकारको लगानिमा बन्न लागेको दैलेखको राकम , प्रहरी भवन निर्माण , प्रदेशसभा सदस्यको सुविधा तथा दलित समुदायको सशक्तीकरणसँग सम्बन्धित बिधेयक सहित पाँच महत्वपूर्ण निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै, दैलेखको राकममा बन्ने इलाका प्रहरी कार्यालय राकमको अधुरो भवन निर्माण सम्पन्न गर्न १ करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी दिने निर्णय गरिएको छ।
बैठकले प्रदेशसभा सदस्यहरूलाई नियमानुसार स्वकीय सचिवको सुविधा उपलब्ध गराउन प्रदेशसभालाई लेखी पठाउने निर्णयसमेत गरेको छ।
त्यसैगरी, ‘दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन ऐन २०८१को पहिलो संशोधन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ। संशोधन विधेयकमार्फत दलित समुदायको सशक्तीकरण तथा जीवनस्तर सुधारका लागि कानुनी व्यवस्थामा थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
मन्त्रिपरिषद्ले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई मन्त्रिपरिषद्को प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ।
बजेट कार्यान्वयनमा कालीकोट सामाजिक विकास कार्यालय पहिलो, विद्यालय भवन निर्माण प्रक्रिया अघि बढ्यो
कालीकोट । चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई तीव्रता दिँदै सामाजिक विकास कार्यालय कालीकोट जिल्लाका सरकारी कार्यालयमध्ये बजेट कार्यान्वयनमा
नरहरिनाथमा काठेपुलबाट खस्दा एक जना बेपत्ता, सात वर्षीय छोरा जीवितै भेटिए
कालिकोट — नरहरिनाथ गाउँपालिका–४ र ५ को सिमानास्थित जात्ताडा खोलाको काठेपुलबाट खस्दा नरहरिनाथ गाउँपालिका–४ का अन्दाजी २९ वर्षीय प्रेमबहादुर
शनिवार अपरान्ह देखी अवरुद्ध कर्णाली राजमार्ग सोमबारसम्ममात्र खुल्छ सडक डभिजन प्रमुख महताराको भनाई
कालीकोट — शनिबार साँझ करिब ६ः२० बजेदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गअन्तर्गत दैखोलामा

प्रतिकृया दिनुहोस