बजेट कार्यान्वयनमा कालीकोट सामाजिक विकास कार्यालय पहिलो, विद्यालय भवन निर्माण प्रक्रिया अघि बढ्यो
कालीकोट । चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई तीव्रता दिँदै सामाजिक विकास कार्यालय कालीकोट जिल्लाका सरकारी कार्यालयमध्ये बजेट कार्यान्वयनमा पहिलो कार्यालय बनेको छ। कार्यालय प्रमुख अबिराज शाहीको नेतृत्वमा कार्यालयले बजेट कार्यान्वयनसँगै योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको हो।
सामाजिक विकास कार्यालय यसअघि आर्थिक वर्ष २०८२/८३ मा पनि कार्यसम्पादन मूल्यांकनमा जिल्लामै पहिलो भएको थियो। लगातार कार्यसम्पादनमा अग्रस्थान हासिल गरेको कार्यालयले चालु आर्थिक वर्षमा पनि योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को विद्युतीय खरिद प्रणाली e-GP मा सुरक्षा जोखिम देखिएपछि प्रणाली सुधार तथा मर्मतसम्भार भइरहेको र अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन प्रणाली स्थगन गरिएको छ। सोही निर्देशनअनुसार सामाजिक विकास कार्यालयले हाललाई Hard Copy (कागजी माध्यम) बाटै खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
यसअन्तर्गत कालीकोटका नरहरिनाथ, सान्नित्रिवेणी, रास्कोट र पचालझरनाका विभिन्न विद्यालयमा दुई तथा चार कोठे भवन निर्माणका योजना अघि बढाइएका छन्।
योजनाअनुसार रास्कोट नगरपालिका–१ रामपुरस्थित सुन्दर आधारभूत विद्यालयको चार कोठे भवन निर्माणका लागि रु. ५१ लाख ८० हजार ६४४ तथा नरहरिनाथ गाउँपालिका–४ लाहास्थित रामचन्द्र आधारभूत विद्यालयको दुई कोठे भवनका लागि रु. ६८ लाख १९ हजार ८६४ लागत अनुमान गरिएको छ।
त्यस्तै नरहरिनाथ–९ लालुको शान्ति आधारभूत विद्यालयका लागि रु. ४३ लाख १९ हजार ८६०, पचालझरना–५ खिनास्थित कर्णाली माध्यमिक विद्यालयका लागि रु. ४३ लाख १७ हजार ७१ र सान्नित्रिवेणी–३ लुयाटस्थित विद्याज्योति माध्यमिक विद्यालयका लागि रु. ३४ लाख ५५ हजार २० लागत अनुमान गरिएको छ।
यस्तै, सान्नित्रिवेणी–६ बुढागाउँस्थित सरस्वती माध्यमिक विद्यालयका लागि रु. ३८ लाख ८६ हजार ५३० र नरहरिनाथ–४ गोठिमुलस्थित विश्वकुना माध्यमिक विद्यालयका लागि रु. ३४ लाख ५५ हजार १३९ लागत अनुमान गरिएको कार्यालयले जनाएको छ।
लगातार दुई आर्थिक वर्षमा कार्यसम्पादन र बजेट कार्यान्वयनमा अग्रस्थान हासिल गरेसँगै सामाजिक विकास कार्यालयले शिक्षा क्षेत्रका पूर्वाधार निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ।
कर्णाली प्रदेश मन्त्रिपरिषद्का पाँच निर्णय, मन्त्री कल्याणी खड्का बनिन् प्रवक्ता
सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले महत्वपुर्ण पाच निर्णय गरेको छ । प्रदेश पसरकारको लगानिमा बन्न लागेको दैलेखको राकम , प्रहरी भवन
नरहरिनाथमा काठेपुलबाट खस्दा एक जना बेपत्ता, सात वर्षीय छोरा जीवितै भेटिए
कालिकोट — नरहरिनाथ गाउँपालिका–४ र ५ को सिमानास्थित जात्ताडा खोलाको काठेपुलबाट खस्दा नरहरिनाथ गाउँपालिका–४ का अन्दाजी २९ वर्षीय प्रेमबहादुर
शनिवार अपरान्ह देखी अवरुद्ध कर्णाली राजमार्ग सोमबारसम्ममात्र खुल्छ सडक डभिजन प्रमुख महताराको भनाई
कालीकोट — शनिबार साँझ करिब ६ः२० बजेदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गअन्तर्गत दैखोलामा

प्रतिकृया दिनुहोस