भिडिसेफ नेपालको वार्षिक साधारणसभा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
कालिकोट /भिडिसेफ नेपाल कालिकोटको वार्षिक साधारणसभा तथा सार्वजनिक लेखापरीक्षण कार्यक्रम जिल्ला सदरमुकामस्थित होटल चन्द्रसूर्यको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनाका उपलब्धि तथा आगामी कार्यक्रमबारे जानकारी गराउनुका साथै प्रगतिप्रतिवेदनमा समिक्षा गरिएको छ ।
कार्यक्रममा भिडिसेफ नेपाल कालिकोटका जिल्ला परियोजना संयोजक राजेन्द्रबहादुर सहकारीले संस्थाले स्वास्थ्य, शिक्षा, बालअधिकार, बालसंरक्षण तथा जलवायु अनुकूलनका क्षेत्रमा सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी गराउनु भयो ।
उहाका अनुसार सहयात्रा दोस्रो परियोजनाअन्तर्गत शुभकालिका र तिलागुफा क्षेत्रमा सन् २०२४ देखि २०२८ सम्म स्वास्थ्य, शिक्षा, जलवायु अनुकूलन, बालअधिकार तथा बालसंरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन भने भिडिस्फले बालअधिकार सशक्तीकरण कार्यक्रम अन्तरगत शिक्षा, साना पूर्वाधार निर्माण ,कक्षाकोठा व्यवस्थापन, शिक्षकको क्षमता अभिवृद्धि, जलवायु परिवर्तनसँग अनुकूलन तथा जलवायु न्यायका कार्यक्रम सञ्चालन गरिएको उहाले बताउनु भयो
यस्तै, जलवायु न्याय गाउँ स्थापना, जलवायु मैत्री कृषि र हरित विद्यालय निर्माणका कार्यक्रमसमेत अघि बढाइएको सहकारीले जानकारी दिनु भयो ।कालिका माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा हरित विद्यालय निर्माणका कार्यक्रम तथा रारा काटियामा बायोइन्जिनियरिङ प्रविधिमार्फत बाँस रोपेर पहिरो नियन्त्रण गर्ने र बाँसको ग्याबियन वाल निर्माण र स्थानीय कच्चा पदार्थको प्रयोगबाट पहिरो रोक्ने प्रयास नया कार्यक्रम रहेको कार्यक्रमका संयोजकले बताउनु भयो ।
त्यस्तै, स्थानीय सरकारसँगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सुदृढीकरण परियोजना जिल्लाभर अनहर्ट वर्ल्डवाइडको सहकार्यमा सन् २०२३ देखि २०२७ सम्म सञ्चालन भइरहेको जनाइएको छ।
किशोर अवस्था, मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजना शुभकालिका र तिलागुफामा सेभ द चिल्ड्रेनको सहकार्यमा सन् २०२५ देखि २०२७ सम्म सञ्चालन भइरहेको छ। जिल्लाभर मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो।
कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का, जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाही, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि धनिराम धमाला, पचालझरना र शुभकालिका गाउँपालिकाका उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईलगायतको सहभागिता रहेको थियो।
उपस्थित अतिथिहरूले भिडिसेफ नेपालले कालिकोटमा सञ्चालन गरेका कार्यक्रमको निरन्तरताका लागि शुभकामना व्यक्त गर्दै संस्थाको परिवारलाई धन्यवाद दिएका थिए।
यसैबीच, सार्वजनिक लेखापरीक्षण कार्यक्रम अन्तरगत संस्थाले बिभिन्न दातृनिकायको बजेट भित्राएर स्थानिय सरकारको साजेदारका रूपमा काम गरेको भन्दै प्रशंसा गरिएको छ । संस्थाद्वारा सन्चालित कार्यक्रमको प्रभावकारितामाथि समेत समिक्षा गरीएको थियो । कार्यक्रममा संस्थाले गरेका काम र उपलब्धिबारे जानकारी गराइए पनि कार्यक्रमबाट समुदायमा देखिएका गुनासा, समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे पर्याप्त छलफल हुन नसकेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा पत्रकार रत्न कार्कीले सामाजिक लेखापरीक्षणलाई उपलब्धि प्रस्तुत गर्ने कार्यक्रममा मात्र सीमित गर्न नहुने बताउनु भयो । उहाले सामाजिक लेखापरिक्षण सार्वजनिक सुनुवाई लगाएतका बिभिन्न शुसासनका सुचक मार्फत सेवाग्राही र सेवाप्रवा गर्ने निकायको दुरी घटाउनु पर्ने भए पनि कालिकोटका सरकारी निकायलेनै यसलाइ निरन्तरता दिन नसकेको बताउनु भयो ।
भिडिसेफका अध्यक्ष कल्पना रावलको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा सहभागिले सामाजिक लेखापरीक्षण भनेको उपलब्धि सुनाउने मात्रै होइन समुदायका गुनासा र प्रश्नसमेत सुन्ने प्रक्रिया भएकाले त्यसैले आगामी दिनमा सामाजिक लेखापरीक्षणसँगै नियमित सार्वजनिक सुनुवाइको व्यवस्था गर्नुपर्छ सेवाग्राही नागरिक र सेवाप्रवाह स्थलमै गर्नु पर्ने सुझाव दिएका छन ।
कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण भिडिसेफ नेपालका तर्फवाट खगेन्द्रप्रसाद भट्टराईले गर्नु भएकोथियो । कार्यक्रममा आगामी दिनमा परियोजनालाई थप प्रभावकारी, पारदर्शी र समुदायमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी कर्णालि प्रदेश सरकारका प्रबक्ता उद्योग ,प्रयटन बन तता वातावर मन्त्री कल्याणि खड्काले गैरसरकारी क्षेत्रले सामाजिक क्षेत्रमा जागरूक्ता ल्याएको बताउनु भयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले गैरसरकारी संघसंस्थालाई बिकास साजेदारका रूपमा लिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा शहभागी शिक्षक डम्बर बहादुर शाहीले जोखिममा रहेका बालवालिकाका क्षेत्रमा राम्रो काम भभएको प्रतिक्रिया दिनु भयो ।
शुभकालिका गाउपालिकाका महिला वालबालिका साखा प्रमुख अमृता अधिकारीले अपाङ्गता भएका बालबालिका असाय हुन उनिहरूको कोहि हुदैन त्यसमा लगानि गरेको छन । उनिहरू शिक्षित भएका छन। उनिहरूको आमा भिडिसेफ भएको बताउनु भयो ।
शुभकालिका गाउँपालिका बाल सन्जालका उपाध्यक्ष भद्रकला बिक, पत्रकार रत्न कार्की , उद्योग बाणिज्यसंघका अध्यक्ष रतन बहादुर शाही ,काग्रेस नेता प्रेम बहादुर शाही
पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बम लगाएतले वार्षिक साधारणसभामा शुभकामना दिएका थिए ।
स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा रास्कोट प्रथम, पचालझरना दोस्रो र सान्नीत्रिवेणी तेस्रो
कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालीत कार्यक्रम र पालिकामा सन्चालित स्वास्थ्य
प्राकृतिक सम्पदा संरक्षणबिना कर्णालीको पर्यटन विकास सम्भव छैन : मन्त्री खड्का
कालिकोट , कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्का कर्णालीका जिल्लाहरूमा रहेका
बजेट कार्यान्वयनमा कालीकोट सामाजिक विकास कार्यालय पहिलो, विद्यालय भवन निर्माण प्रक्रिया अघि बढ्यो
कालीकोट । चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई तीव्रता दिँदै सामाजिक विकास कार्यालय कालीकोट जिल्लाका सरकारी कार्यालयमध्ये बजेट कार्यान्वयनमा

प्रतिकृया दिनुहोस