वर्षाको सम्भावना भन्दै शुक्रवार विद्यालय र सार्वजनिक कार्यक्रम बन्द गर्न कालिकोट प्रशासनको आग्रह
कालीकोट । मौसम पूर्वानुमान महाशाखाले २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाए पछी कालिकोट जिल्ला प्रशासनले शुक्रवार जिल्लाका शंस्थागत तथा सामुदायिक बिद्यालय बन्द गर्न निर्देशन गरेको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय कालीकोटद्वारा जार सूचना अनुसार बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका र नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्तीमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। स्थानीय तहलाई स्वीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३ अनुसार आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्नसमेत अनुरोध गरिएको छ।
पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, विगतमा पहिरो गएका स्थानमा विशेष सावधानी अपनाउन र अत्यावश्यकबाहेक बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। विशेषगरी टाढाको तथा रातिको समयमा यात्रा नगर्न भनिएको छ।
सम्भावित बाढी, पहिरो, डुबान तथा कटानबाट मानवीय र भौतिक क्षति हुन नदिन सुरक्षित स्थानको पहिचान गरी अस्थायी आवास क्षेत्रको सुनिश्चितता गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई प्रतिकार्य योजनाअनुसार तयारी अवस्थामा रहन समेत निर्देशन गरिएको छ । यातायात व्यवसायीलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र सवारी सञ्चालन गर्न र यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ।
त्यस्तै, असोज ९ गतेदेखि ११ गतेसम्म मानिस जम्मा हुने मेला, जात्रा, खेलकुद तथा सांस्कृतिक कार्यक्रम नगर्न/नगराउन, लामो दूरीको यात्रा र रात्रिकालीन यात्रा नगर्न तथा असोज ९ गते सरकारी तथा संस्थागत विद्यालयसमेत सञ्चालन नगर्न/नगराउन प्रशासनले आग्रह गरेको छ।
विपद्को समयमा थप सहयोग, समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायका सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।
सम्पर्क नम्बर:
- जिल्ला प्रशासन कार्यालय, कालीकोट : ९८५८३३७७७७ / ९८५८३२०७५१
- जिल्ला प्रहरी कार्यालय, कालीकोट : ९८५८३३५५५५
- देवीबक्स गुल्म, कालीकोट : ९८५८३९१०७०
- सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेक्बा, कालीकोट : ९८५१०५११३५
- जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) : १२३४ / ०८७४४०१८१
स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा रास्कोट प्रथम, पचालझरना दोस्रो र सान्नीत्रिवेणी तेस्रो
कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालीत कार्यक्रम र पालिकामा सन्चालित स्वास्थ्य
देउवा पक्षिय नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा काठमाडौंमा, असोज १५ मा वडा अधिवेशन, देशभर केन्द्रिय प्रतिनिधि तोकियो , कालिकोटमा दमन बहादुर शाही
सुर्खेत । नेपाली कांग्रेसको आधिकारिक्ता बिवाद नसकिदै दुबै पक्षले महाधिवेनका गतिबिधि सुरू गर्ने भएका छन । देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन
नरहरिनाथमा काठेपुलबाट खस्दा एक जना बेपत्ता, सात वर्षीय छोरा जीवितै भेटिए
कालिकोट — नरहरिनाथ गाउँपालिका–४ र ५ को सिमानास्थित जात्ताडा खोलाको काठेपुलबाट खस्दा नरहरिनाथ गाउँपालिका–४ का अन्दाजी २९ वर्षीय प्रेमबहादुर

प्रतिकृया दिनुहोस