• बिहीबार ७-२०-२०८३/Thursday 11-05-2026

रास्कोट नगरका चार वर्षीया जेनिशाको जीवन बचाउन परिवारलाई आर्थिक अभाव

कालिकोट। रास्कोट नगरपालिका–१, न्यौपानेवाडाकी चार वर्षीया जेनिशा न्यौपाने भिरमा खसेर  गम्भीर घाइते भएपछि आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको छ । उनलाई अस्पताल सम्म पुर्याउन समेत समस्या परे पछी आफन्तको सहयोगमा अस्पतालमा पुर्याईएको थियो । १८ गते  कोहोलपुर पुर्याईएकी जेनिशाको   उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन ।

 

गत १८ गते घरनजिकै खेल्ने क्रममा करिब ३० मिटर तल खसेर टाउकोमा गम्भीर चोट लागेपछि जेनिशा हाल कोहलपुर मेडिकल कलेज, दशबिगाहामा उपचाररत रहेकी छन्। उनका आफन्त दिनेश न्यौपानेका अनुसार बालिकाको अवस्था गम्भीर रहेकाले चिकित्सकको सल्लाहअनुसार लामो समयसम्म सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएको  घाईते जेनिशाका बुला बुवा लोकराज न्यौपानेले बताएका छन ।

 

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाइ भइरहेको आफन्तले बताएका छन्। जेनिशाका बुबा दीर्घराज न्यौपाने र आमा मेगा बरालले छोरीको उपचारका लागि सहयोगी मनहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेका छन्।

 

यस कठिन परिस्थितिमा मानवीय भावना र सामाजिक उत्तरदायित्वका साथ आफ्नो गच्छेअनुसार सहयोग गरिदिन परिवार तथा आफन्तले सबैमा आग्रह गरेका छन्।

 

सानो सहयोगले पनि जेनिशाको उपचारमा ठूलो राहत पुग्न सक्ने भएकाले सहयोगी मनहरूलाई उनको जीवन रक्षाका लागि साथ दिन अपिल गरिएको हो । 

प्रतिकृया दिनुहोस

रास्कोट बहुमुखी क्याम्पसको शिक्षा संकायको सम्बन्धनबारे अन्तिम निर्णय तिहारअघि वा लगत्तै हुने

कालिकोट। रास्कोट बहुमुखी क्याम्पसको शिक्षा संकाय सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ कर्णाली करिडोर हुँदै हुम्ला प्रस्थान

कालीकोट। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङसहितको टोली माथिल्लो कर्णालीको भ्रमणमा निस्किएको छ। कर्णाली करिडोर हुँदै

रास्कोटमै भूमि प्रशासन कार्यालय उद्घाटन, अब मालपोत र नापीका काम रास्कोटबाटै।

कालिकोटको रास्कोट नगरपालिकामा जिल्ला सदरमुकामवाट प्रवाह हुदै

↑