• आइतबार ८-७-२०८३/Sunday 11-22-2026

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कालिकोटमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम सुरु

खाँडाचक्र नगरप्रमुखमा स्वतन्त्र युवा अभियन्ता हिक्मतजंग मल्लको उम्मेदवारी घोषणा गरेका छन ।उनले उमेदारि घोषणासंगै नगरपालिकामा घरदैलो अभियानसमेत सुरु गरेका छन 

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कालिकोटमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। कालिकोट सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र युवा अभियन्ता हिक्मतजंग मल्लले उम्मेदवारी घोषणा गरेका छन्।

मल्लले खाँडाचक्र नगरपालिकाको नगरप्रमुखमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्दै वडा तथा टोलमा घरदैलो र भेटघाट अभियानसमेत सुरु गरेका छन्। नगरको विकास र समृद्धिका लागि आफ्ना प्रतिबद्धता जनतामाझ राख्न अभियान सुरु गरेको उनले रेडियो प्रदेश आवाजलाई बताएका छन्।

मल्लले शिक्षा, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अबको नेतृत्व युवाले लिनुपर्ने बताएका छन्। फोहोरमैला व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा, सामुदायिक विद्यालयको सुधार, युवालाई रोजगारी तथा स्थानीय उत्पादनको बजारीकरणलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको उनको भनाइ छ।

त्यस्तै, खाँडाचक्र नगरपालिकाभित्रका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थित बजार निर्माण, खानेपानी, सडक तथा डिजिटल सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजना पनि उनले अघि सारेका छन्। सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई समेत प्राथमिकतामा राखेको मल्लले बताएका छन्।

‘विकास भाषणले होइन, स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व, सामूहिक प्रयास र परिणाममुखी कामले सम्भव हुन्छ,’ उनलेभने स्थानीय तह गैरदलीय हुनुपर्ने युवाहरूको माग रहेको उल्लेख गर्दै मल्लले दलबाट निर्वाचित जनप्रतिनिधि सम्बन्धित दलप्रति बढी उत्तरदायी हुने अवस्था रहेको तर्क गरेका छन्। स्वतन्त्र उम्मेदवार सबै नागरिकका लागि समान पहुँच र उत्तरदायित्वसहित काम गर्न सक्ने भएकाले आफूले दलगत नभई स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको उनले बताए।

यसअघि मल्ल स्वतन्त्र युवा अभियन्ताका रूपमा सक्रिय थिए।स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुअघि नै कालिकोटमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। मल्लको उम्मेदवारी घोषणासँगै खाँडाचक्र नगरपालिकामा आगामी निर्वाचनलाई लिएर राजनीतिक तथा चुनावी चर्चा सुरु हुन थालेका छन ।

प्रतिकृया दिनुहोस

रास्कोटमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३८ जनाको शल्यक्रिया, ७४७ जनाको आँखा परीक्षण

कालिकोट। कालिकोटको रास्कोट नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३८ जना नागरिकले आँखाको शल्यक्रिया सेवा लिएका छन्। रास्कोट नगरपालिका तथा

अदालतको अन्तरिम आदेशविपरीत बडुवालको बैंक खाता रोक्का गर्न मन्त्रालयको निर्देशन, मन्त्रालय र अदालतबीच क्षेत्राधिकारको प्रश्न

कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको सरुवा विवादले नयाँ मोड लिएको छ। सरुवा

पार्टी समायोजन पछि कार्यबिभाजनमा नेकपा भित्र चरम असन्तुष्टि, फण्डावालाको मालामाल , बिभाजनमा प्रचण्डलाईन कुरेकाको बेहाल

सुर्खेत । बिदेश भर्मणबाट फर्के लगतै शोमबार कालिकोटमा चार चार पटक निर्वाचन बिजयी नेकपाका प्रभावशाली नेता प्रचण्ड नजिक मानिने कर्णालिका पुर्व

↑