रास्कोटमा शैक्षिक सुधारको पहल : चारवटै माध्यमिक विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिने
सहभागी, बाँकी चार विद्यार्थी पनि छिट्टै जोडिने।
कालिकोट — रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाभित्रका चारवटै माध्यमिक विद्यालयमा आवासीय कक्षा सञ्चालन गर्ने पहल अघि बढाएकोमा यो वर्ष पनि सरकारको निर्देशनमा बिद्यालयले सुरू गरेका छ।
विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, नियमित पठनपाठन र अध्ययनका लागि अनुकूल वातावरण निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको आवासीय कक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ भने शिक्षामा गुणात्मक देखिएको छ।
काला शिल्आला माबिमा वासीय कक्षा सञ्चालन गरेकोमा तेस्रो दिनसम्म ५९ जना विद्यार्थीमध्ये ५५ जना आवासीय कक्षामा सहभागी भइसकेका छन्। बाँकी चार जना विद्यार्थी पनि छिट्टै आवासीय कक्षामा जोडिने प्रधानाध्यापक देवराज चौलागाईले बताएका छन ।
विद्यालयमै आवासीय सुविधा उपलब्ध गराउँदा विद्यार्थीको अध्ययन समय बढ्ने, नियमित अभ्यास हुने, शिक्षकको प्रत्यक्ष निगरानीमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुने र शैक्षिक नतिजामा सुधार आउने अपेक्षा गरिएको छ।
रास्कोट नगरपालिकाले चारवटै माध्यमिक विद्यालयमा यो कार्यक्रम विस्तार गर्दै सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। आवासीय कक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सके ग्रामीण क्षेत्रका विद्यार्थीले समेत नियमित अध्ययन र अतिरिक्त सिकाइको अवसर पाउनेछन्।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकारले थालेको यो पहललाई निरन्तरता दिँदै प्रभावकारी व्यवस्थापन, गुणस्तरीय खानपान, सुरक्षित आवास र नियमित शैक्षिक अनुगमनमा ध्यान दिनुपर्ने बडिमालिका माबिका प्रधानाध्यापक पुस्पराज बरालले बताए ।।
शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै सकियो कालिकोटको शैक्षिक गोष्ठी, दरबन्दी मिलानदेखि विद्यालय मर्जसम्म छलफल
कालिकोट — जिल्लाको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यसहित सदरमुकाम मान्ममा शुक्रबारदेखि आयोजित दुईदिने शैक्षिक गोष्ठी १९ बुँदे सामूहिक
रास्कोटमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३८ जनाको शल्यक्रिया, ७४७ जनाको आँखा परीक्षण
कालिकोट। कालिकोटको रास्कोट नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३८ जना नागरिकले आँखाको शल्यक्रिया सेवा लिएका छन्। रास्कोट नगरपालिका तथा
अदालतको अन्तरिम आदेशविपरीत बडुवालको बैंक खाता रोक्का गर्न मन्त्रालयको निर्देशन, मन्त्रालय र अदालतबीच क्षेत्राधिकारको प्रश्न
कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको सरुवा विवादले नयाँ मोड लिएको छ। सरुवा

प्रतिकृया दिनुहोस