• आइतबार ८-१४-२०८३/Sunday 11-29-2026

रास्कोटमा शैक्षिक सुधारको पहल : चारवटै माध्यमिक विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिने

सहभागी, बाँकी चार विद्यार्थी पनि छिट्टै जोडिने।

 

कालिकोट — रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाभित्रका चारवटै माध्यमिक विद्यालयमा आवासीय कक्षा सञ्चालन गर्ने पहल अघि बढाएकोमा यो वर्ष पनि सरकारको निर्देशनमा बिद्यालयले सुरू गरेका  छ।

 

विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, नियमित पठनपाठन र अध्ययनका लागि अनुकूल वातावरण निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको आवासीय कक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ भने शिक्षामा गुणात्मक देखिएको छ।

 

काला शिल्आला माबिमा वासीय कक्षा सञ्चालन गरेकोमा   तेस्रो दिनसम्म ५९ जना विद्यार्थीमध्ये ५५ जना आवासीय कक्षामा सहभागी भइसकेका छन्। बाँकी चार जना विद्यार्थी पनि छिट्टै आवासीय कक्षामा जोडिने प्रधानाध्यापक देवराज चौलागाईले बताएका छन । 

 

विद्यालयमै आवासीय सुविधा उपलब्ध गराउँदा विद्यार्थीको अध्ययन समय बढ्ने, नियमित अभ्यास हुने, शिक्षकको प्रत्यक्ष निगरानीमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुने र शैक्षिक नतिजामा सुधार आउने अपेक्षा गरिएको छ।

 

रास्कोट नगरपालिकाले चारवटै माध्यमिक विद्यालयमा यो कार्यक्रम विस्तार गर्दै सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। आवासीय कक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सके ग्रामीण क्षेत्रका विद्यार्थीले समेत नियमित अध्ययन र अतिरिक्त सिकाइको अवसर पाउनेछन्।

 

सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकारले थालेको यो पहललाई निरन्तरता दिँदै प्रभावकारी व्यवस्थापन, गुणस्तरीय खानपान, सुरक्षित आवास र नियमित शैक्षिक अनुगमनमा ध्यान दिनुपर्ने बडिमालिका माबिका प्रधानाध्यापक पुस्पराज बरालले बताए ।।

प्रतिकृया दिनुहोस

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कालिकोटमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम सुरु

खाँडाचक्र नगरप्रमुखमा स्वतन्त्र युवा अभियन्ता हिक्मतजंग मल्लको उम्मेदवारी घोषणा गरेका छन ।उनले उमेदारि घोषणासंगै नगरपालिकामा घरदैलो अभियानसमेत

अदालतको अन्तरिम आदेशविपरीत बडुवालको बैंक खाता रोक्का गर्न मन्त्रालयको निर्देशन, मन्त्रालय र अदालतबीच क्षेत्राधिकारको प्रश्न

कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको सरुवा विवादले नयाँ मोड लिएको छ। सरुवा

पार्टी समायोजन पछि कार्यबिभाजनमा नेकपा भित्र चरम असन्तुष्टि, फण्डावालाको मालामाल , बिभाजनमा प्रचण्डलाईन कुरेकाको बेहाल

सुर्खेत । बिदेश भर्मणबाट फर्के लगतै शोमबार कालिकोटमा चार चार पटक निर्वाचन बिजयी नेकपाका प्रभावशाली नेता प्रचण्ड नजिक मानिने कर्णालिका पुर्व

↑