• मंगलबार ६-६-२०८३/Tuesday 09-22-2026

कर्णाली प्रदेशमा नेकपाका तीन मन्त्री नियुक्त, मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्दै नेकपाबाट तीन जना मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीहरूमा कृषि तथा सहकारी मन्त्रीमा जुमकित लामाकार्की , भौतिक पूर्वाधार विकास मन्त्रीमा मिलन खड्का र वन तथा पर्यटन मन्त्रीमा कल्याणी खड्का रहेका छन्।

मन्त्रिपरिषद् विस्तारसँगै कर्णाली प्रदेश सरकारमा नेकपाको सहभागिता थप बढेको छ। नवनियुक्त मन्त्रीहरूले प्रदेशको कृषि, सहकारी, भौतिक पूर्वाधार, वन तथा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री शाहीले सरकारलाई थप प्रभावकारी र समावेशी बनाउने उद्देश्यले मन्त्रिपरिषद् विस्तार गरेको बताइएको छ। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुने कार्यक्रम रहेको छ।

मन्त्रिपरिषद् विस्तारसँगै लामो समयदेखि चर्चामा रहेको कर्णाली सरकारको सत्ता समीकरण र मन्त्रालय बाँडफाँटसम्बन्धी अन्योलसमेत टुंगिएको छ।

 

प्रतिकृया दिनुहोस

रास्कोटका जनप्रतिनिधिले सेवा–सुविधा कटौती गरी बाढीपीडितलाई ३ लाख ५१ हजार सहयोग गर्ने

   कालिकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रास्कोट नगरपालिकाका जनप्रतिनिधिले आफ्नो

कर्णालीमा रोकिएको शपथग्रहण : विमलाविरुद्ध मोर्चाबन्दी, नेकपाभित्र सत्ताको झिनाझम्टी; मन्त्री बन्ने रहर या पार्टी एकता र कार्यविभाजनको प्रभाव?

खबर कर्णाली     भाग्यले आएको मुख्यमन्त्री पदमा अभागीको हातै अब्जस भनेझैँ एमाले–कांग्रेस दुई ठूला दलको समीकरणबाट आस मारिसकेको नेकपाको हातमा