स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा रास्कोट प्रथम, पचालझरना दोस्रो र सान्नीत्रिवेणी तेस्रो
कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालीत कार्यक्रम र पालिकामा सन्चालित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
असोज ४ र ५ गते दुई दिनसम्म जिल्ला स्वास्थ्य कार्यालयमा सञ्चालन भएको गोष्ठीको स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले अध्यक्षयता गर्नुभएको थियो। जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही बिषेश अतिथि रहनु भएको हो । प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, सामाजिक विकास मन्त्रालयका महेश शर्मा, स्वास्थ्य सेवा निर्देशनालयका कविता देवकोटा र मनिषा न्यौपाने, प्रनाउ हेमबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईं, आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. तुलसी श्रेष्ठसहित विभिन्न विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गोष्ठीमा कालिकोटका ९ वटै स्थानीय तह, स्वास्थ्य सेवा कार्यालय तथा विकास साझेदार संस्थाहरूले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतिमाथि छलफल गर्दै स्वास्थ्य कार्यक्रमको प्रभावकारिता, सेवा प्रवाह र आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा समीक्षा गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।
गोष्ठीको दोस्रो दिन पनि विश्व स्वास्थ्य संगठन (WHO) का प्राविधिक अधिकृत प्रदिप अधिकारीले सहजीकरण गर्नु भएको थियो । स्थानीय तहबाट सञ्चालित आधारभूत स्वास्थ्य सेवाको पहुँच, प्रभावकारी कार्यान्वयन तथा देखिएका चुनौतीका विषयमा प्यानल डिस्कसनसमेत गरिएको थियो।
वार्षिक समीक्षा गोष्ठीमा गरिएको प्रसुतिकरण र मूल्यांकनका आधारमा यस वर्षको पुरा गर्नु पर्ने स्वास्थ्य सेवा प्रवाहाको सुचकका आधारमा रास्कोट नगरपालिका प्रथम, पचालझरना गाउँपालिका द्वितीय र सान्नीत्रिवेणी गाउँपालिका तृतीय भएका छन्। मूल्यांकन अनुसार पलाँता, नरहरिनाथ, खाँडाचक्र, महाबै, तिलागुफा र शुभकालिका गाउँपालिका रहेका छन्।
प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो। बाँकी ६ स्थानीय तहलाई समेत सम्मानपत्र प्रदान गरिएको आयोजक जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जनाएका छन ।
त्यसैगरी जिल्लामा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्दै आएका विकास साझेदार संघ–संस्थाहरूलाई पनि सम्मानपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो।
गोष्ठीले जिल्लाको स्वास्थ्य क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्दै स्थानीय तहबीचका असल अभ्यास आदानप्रदान, सेवा प्रवाहमा देखिएका समस्या पहिचान तथा आगामी वर्ष स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने आधार तयार गरेको आयोजकको भनाइ छ।
रास्कोटका जनप्रतिनिधिले सेवा–सुविधा कटौती गरी बाढीपीडितलाई ३ लाख ५१ हजार सहयोग गर्ने
कालिकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रास्कोट नगरपालिकाका जनप्रतिनिधिले आफ्नो
मन्त्रिपरिषद् विस्तारमा ढिलाइबारे मुख्यमन्त्रीलाई प्रेस सेन्टरको सुझाव, छिट्टै सरकारलाई पूर्णता दिनुहोस
सुर्खेत । कर्णाली प्रदेश सरकार गठन भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको विषयमा चासो बढिरहेका बेला नेकपा निकट प्रेस सेन्टर
कर्णाली करिडोर अवरुद्ध, सयौँ यात्रु र सवारी साधन अलपत्र
कालिकोट, असार २४ — हिल्सा–जमुना कर्णाली करिडोर अन्तर्गत कालिकोट खण्डको पलाता र पचालझरना गाउँपालिकाको सीमा क्षेत्र घाटाचौरमा गएराति पहिरो खस्दा

प्रतिकृया दिनुहोस