• बिहीबार ८-४-२०८३/Thursday 11-19-2026

वर्षाको सम्भावना भन्दै शुक्रवार विद्यालय र सार्वजनिक कार्यक्रम बन्द गर्न कालिकोट प्रशासनको आग्रह

कालीकोट । मौसम पूर्वानुमान महाशाखाले २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाए पछी कालिकोट जिल्ला प्रशासनले शुक्रवार जिल्लाका शंस्थागत तथा सामुदायिक बिद्यालय बन्द गर्न निर्देशन गरेको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

जिल्ला प्रशासन कार्यालय कालीकोटद्वारा जार  सूचना अनुसार  बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका र नदी तटीय क्षेत्रमा बसोबास गर्ने बस्तीमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। स्थानीय तहलाई स्वीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३ अनुसार आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्नसमेत अनुरोध गरिएको छ।

 

पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, विगतमा पहिरो गएका स्थानमा विशेष सावधानी अपनाउन र अत्यावश्यकबाहेक बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। विशेषगरी टाढाको तथा रातिको समयमा यात्रा नगर्न भनिएको छ।

 

सम्भावित बाढी, पहिरो, डुबान तथा कटानबाट मानवीय र भौतिक क्षति हुन नदिन सुरक्षित स्थानको पहिचान गरी अस्थायी आवास क्षेत्रको सुनिश्चितता गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

 

जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई प्रतिकार्य योजनाअनुसार तयारी अवस्थामा रहन समेत निर्देशन गरिएको छ  । यातायात व्यवसायीलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र सवारी सञ्चालन गर्न र यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ।

 

त्यस्तै, असोज ९ गतेदेखि ११ गतेसम्म मानिस जम्मा हुने मेला, जात्रा, खेलकुद तथा सांस्कृतिक कार्यक्रम नगर्न/नगराउन, लामो दूरीको यात्रा र रात्रिकालीन यात्रा नगर्न तथा असोज ९ गते सरकारी तथा संस्थागत विद्यालयसमेत सञ्चालन नगर्न/नगराउन प्रशासनले आग्रह गरेको छ।

 

विपद्को समयमा थप सहयोग, समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायका सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

 

सम्पर्क नम्बर:

 

  • जिल्ला प्रशासन कार्यालय, कालीकोट : ९८५८३३७७७७ / ९८५८३२०७५१
  • जिल्ला प्रहरी कार्यालय, कालीकोट : ९८५८३३५५५५
  • देवीबक्स गुल्म, कालीकोट : ९८५८३९१०७०
  • सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेक्बा, कालीकोट : ९८५१०५११३५
  • जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) : १२३४ / ०८७४४०१८१

प्रतिकृया दिनुहोस

तिन महिना अघिको रास्वपाको सदस्यता सार्वजनिक भएपछि रास्कोट–४ का वडा अध्यक्ष संज्यालले दिए राजीनामा

कालिकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको विषय सार्वजनिक भएपछि कालिकोटको रास्कोट नगरपालिका–४ का वडा अध्यक्ष दिनेश संज्यालले

रास्कोटमा जङ्गली सुँगुरको आतंक, किसानको धानबाली नष्ट

कालिकोट। कालिकोटको रास्कोट नगरपालिका–१ स्थित धान्दे काडा क्षेत्रमा जङ्गली सुँगुरले धानबालीमा क्षति पुर्‍याएको छ। जङ्गली सुँगुर खेतमा पसेर

शंकर मावि सेरिज्युलाले गर्‍यो वार्षिक सार्वजनिक सुनुवाइ, विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन

कालीकोट — सान्नीत्रिवेणी गाउँपालिका–१ रकु सेरिज्युलास्थित शंकर माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ तथा

↑