• शुक्रबार ७-२१-२०८३/Friday 11-06-2026

तिन महिना अघिको रास्वपाको सदस्यता सार्वजनिक भएपछि रास्कोट–४ का वडा अध्यक्ष संज्यालले दिए राजीनामा

कालिकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको विषय सार्वजनिक भएपछि कालिकोटको रास्कोट नगरपालिका–४ का वडा अध्यक्ष दिनेश संज्यालले पदबाट राजीनामा दिएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित संज्यालले २०८३ साल कात्तिक १९ गते नगर प्रमुखसमक्ष राजीनामापत्र बुझाएका हुन्। तिन महिना अगाडी  संज्यालले २०८३ साउन २२ गते रास्वपाको सदस्यता लिएको  विषय सार्वजनिक भएको थियो।

नगर प्रमुखलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा संज्यालले पारिवारिक समस्या र काम विशेषले रास्कोटबाहिर बस्नुपर्ने अवस्था सिर्जना भएकाले जनताको सेवा प्रवाहमा कठिनाइ नहोस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको उल्लेख गरे पनि उनको पार्टी सदस्यता प्राप्त मिति र राजिनामा दिएको मिति हेर्दा रास्वपाको पार्टी सदस्यता लिएर  बाहिर  कांग्रसमै रहेको  बताउदै आएका  संज्यालले नगर प्रमुख धर्मराज शाही समक्ष राजिनामा बुजाएका  छन्।

उनले वडा सदस्य गोविन्दा बी.क. सुनारलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएर आफू बाहिरिएको र तत्काल फर्किन सक्ने अवस्था नरहेकाले राजीनामा दिनुपरेको पत्रमा जनाएका छन्।

राजीनामापत्रमा २०७९ सालको स्थानीय निर्वाचनमा आफूलाई वडा अध्यक्षमा निर्वाचित गराउने रास्कोट–४ का मतदाताप्रति आभार व्यक्त गर्दै जनताले दिएको जिम्मेवारी र विश्वासलाई जीवनभर स्मरण गर्ने बताएका छन्।

संज्यालको राजीनामासँगै रास्कोट नगरपालिका–४ को आगामी नेतृत्व र सेवा प्रवाहबारे चासो बढेको छ। उनको राजीनामा नगरपालिकाबाट स्वीकृत हुन भने बाँकी रहेको छ । कांग्रेसवाट वडाअध्यक्ष जितेका संज्यालले  भर्खरै सम्पन्न देउवा पक्षिय कांग्रेसको जिल्लामा  निर्वाचन अधिकृतको भुमिका निर्वाह गरेका थिए । उनको  सामाजिक सन्जालमा मिश्रितरूपमा सुझाव र आलोचना हुन थालेको छ । सदस्यता सार्वजनिक गर्दै  रास्वपा समर्थकले बधाई  धन्दै  स्वागत  गरेका छन  भने कांग्रेस समर्थकले  उनलाई अवसरवादी भनेका छन । यस बिषयमा उनको प्रतिक्रिया  लिन खोज्दा फोन स्वीचअफ रहेको छ । कानुनमा एलएलवी पास गरेका  संज्याल रास्कोटमा  तत्कालिन कांग्रेसवाट जित्ने एक्ला  वडा अध्यक्ष हुन । 

प्रतिकृया दिनुहोस

रास्कोटमा जङ्गली सुँगुरको आतंक, किसानको धानबाली नष्ट

कालिकोट। कालिकोटको रास्कोट नगरपालिका–१ स्थित धान्दे काडा क्षेत्रमा जङ्गली सुँगुरले धानबालीमा क्षति पुर्‍याएको छ। जङ्गली सुँगुर खेतमा पसेर

शंकर मावि सेरिज्युलाले गर्‍यो वार्षिक सार्वजनिक सुनुवाइ, विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन

कालीकोट — सान्नीत्रिवेणी गाउँपालिका–१ रकु सेरिज्युलास्थित शंकर माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ तथा

वर्षाको सम्भावना भन्दै शुक्रवार विद्यालय र सार्वजनिक कार्यक्रम बन्द गर्न कालिकोट प्रशासनको आग्रह

कालीकोट । मौसम पूर्वानुमान महाशाखाले २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी

↑