दैलेखमा बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते
दैलेख। बिरामी लिएर सुर्खेत जाँदै गरेको बोलेरो गाडी दैलेखमा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा मिति २३ गते बिहान कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा परी गाडी चालक कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा गम्भीर घाइते भएका छन्।सिमखाडाको अबस्था चिन्ताजनक रहेको छ ।
त्यस्तै, सोही ठाउका १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ४१ वर्षीय रने सार्की, बिरामी रहेकी २७ वर्षीया कैशी सार्की र सान्नी त्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकला सार्की घाइते भएका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक ललित रावलको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलबाट सबै घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नरहरीनाथमा जनप्रतिनिधिका आफन्तलाई बोक्न एम्बुलेन्स ! दमकल, शववाहन र एम्बुलेन्सको अभावमा नागरिक सास्ती खेप्दै
कालीकोट । नागरिकको आपत्कालीन उद्धार, स्वास्थ्य सेवा र सार्वजनिक सुरक्षाका लागि आवश्यक सरकारी सवारीसाधनको अभाव कालीकोटका स्थानीय तहमा देखिएको छ ।
कालिकोट पलाताकी ४४ वर्षीया आईती भण्डारी पारिवारिक सम्पर्क बिहिन , खोजी गरिदिन परिवारको आग्रह
कालिकोट। कालिकोटको पलाँता गाउँपालिका–१, पुलाहाँ निवासी ४४ वर्षीया आईती भण्डारी परिवारिक सम्पर्कबिहिन भएपछि परिवारले खोजी गरिदिन सार्वजनिक
रास्कोट नगरका चार वर्षीया जेनिशाको जीवन बचाउन परिवारलाई आर्थिक अभाव
कालिकोट। रास्कोट नगरपालिका–१, न्यौपानेवाडाकी चार वर्षीया जेनिशा न्यौपाने भिरमा खसेर गम्भीर घाइते भएपछि आर्थिक अभावका कारण उनको उपचारमा समस्या

प्रतिकृया दिनुहोस