• मंगलबार ६-६-२०८३/Tuesday 09-22-2026

सुर्खेतको प्रतिष्ठित निजी विद्यालय इगरब्रिजद्वारा बाढीपीडितका लागि ९ लाख १५५ रुपैयाँ सहयोग

सुर्खेतको प्रतिष्ठित निजी विद्यालय इगरब्रिज आवासीय माध्यमिक विद्यालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ९ लाख १५५ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका सम्पूर्ण विद्यार्थी, गुरु–गुरुआमा, कर्मचारी तथा विद्यालयको संयुक्त पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम सहयोग गरेको जनाएको छ।

विद्यालयले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस

नरहरिनाथमा काठेपुलबाट खस्दा एक जना बेपत्ता, सात वर्षीय छोरा जीवितै भेटिए

कालिकोट — नरहरिनाथ गाउँपालिका–४ र ५ को सिमानास्थित जात्ताडा खोलाको काठेपुलबाट खस्दा नरहरिनाथ गाउँपालिका–४ का अन्दाजी २९ वर्षीय प्रेमबहादुर

पचालझरनाकी २४ वर्षीया जोसिला कठाएत अझै बेपत्ता, अनुसन्धान जारी

कालिकोट — पचालझरना गाउँपालिका–३, खार्दु निवासी २४ वर्षीया जोसिला कठाएत असार ५ गतेदेखि परिवारको सम्पर्कविहीन भएपछि उनको खोजी कार्य तीव्र पारिएको

कर्णालीमा बालविवाह अझै चुनौती रहेको टिप्पणी

बालविवाह विरुद्ध साझा अभियान सञ्जाल (CACMA) कर्णाली प्रदेशको आयोजनामा कालिकोटको मान्ममा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेशमा बालविवाह अझै गम्भीर